देशलाई स्थितरता र सुशासन दिन कांग्रेस-एमाले मिल्यौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई स्थितरता र सुशासन दिन कांग्रेस र एमाले मिलेका बताएका छन् ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका– ४ मा प्रणामी माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री भएपछि देश अगाडि हिँड्न थालिसकेको बताएका हुन् ।

उनले भने, ‘देशको अप्ठेरो बुझेर इतिहास बोकेको जिम्मेवार राजनीतिक दलहरु कांग्रेस र एमाले मिलेर सरकार बनाएका छौं । देशलाई स्थितरता र सुशासन दिन मिलेका छौं ।’

उनले आफू प्रधानमन्त्रीबाट हट्नासाथ देश अप्ठेरो स्थितिमा पुगेको स्मरण पनि गरे ।

प्रतिक्रिया