चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढनुपर्छ: देउवा
विद्यु्त बेच्नका लागि पनि भारतसँग लचिलो हुनुपर्ने बाध्यता रहेको स्पष्ट
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका हुन । पूर्व प्रधानमन्ी देउवाले नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए ।
सभापति देउवाले छिमेकी मुलुकले भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भएपनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको बताए ।
प्रतिक्रिया