रवि लामिछानेलाई पुर्याइयो पोखरा
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरा पुर्याइएको छ ।
बुधवार पर्सा जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसँग बयान लिए लगत्तै विमानबाट उनलाई सिमराबाट काठमाडौं ल्याइएको थियो । काठमाडौंबाट १ बजे उनलाई पोखरा पठाइएको हो ।
सहकारी ठगी तथा संगठित अपराधको कसुरमा कात्तिक २ गते पक्राउ लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
प्रतिक्रिया