कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित ढंगले पुनर्निर्माण गर्छौ: गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङको कागबेनी बस्तीलाई पहिले भन्दा व्यवस्थित र उन्नत ढंगले पुनर्निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थलगत निरीक्षण गर्न पुगेका गृहमन्त्री श्रेष्ठले तीनै तहका सरकार सँग समन्वय गरी मुख्य योजना बनाएरै पुर्ननिर्माणमा लाग्ने बताएका हुन । मुस्ताङ धार्मिक र पर्यटनको हिसावले महत्वपूर्ण क्षेत्र भएको बताउदै मन्त्री श्रेष्ठले भौतिक संरचनाको पूर्ननिर्माण गर्दा पहिलेको भन्दा व्यवस्थित र उन्नत बनाउने उल्लेख गरे । 
गत साउन २८ गते आएको बाढीका सो क्षेत्रमा एक अर्ब भन्दा बढीको भौतिक संरचना नष्ट भएका छन । घर, पुल लगायतका संरचना बाढीले ध्वस्त पारेको छ । 
 

प्रतिक्रिया