दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालयमा प्रहरीको छापा

एजेन्सी । दक्षिण कोरियाको प्रहरीले मार्शल लको प्रयासलाई लिएर राष्ट्रपतिको कार्यालयमा छापा मारेको छ

राष्ट्रपति युन सुक येओलले गत हप्ता मार्शल ल लागू गर्ने असफल प्रयास गरेपछि दक्षिण कोरिया प्रहरीले राजधानी सियोलको राष्ट्रपति कार्यालयमा छापा मारेको हो।

दक्षिण कोरियाली राजनीतिमा उथलपुथल भएको एक हप्तामा  छापा मारिएको पछिल्लो घटना हो। राष्ट्रपति येओललाई महाभियोग लगाउने र उनलाई पद त्याग गर्नका लागि सबैतिरबाट दवाब दिइरहेपनि त्यसको बाबजुद उनी पदमा बसेका छन् । विद्रोह र देशद्रोहको आरोपमा उनले बिभिन्न् अनुसन्धानको सामना गरिरहेका छन्।

यसैबीच, मार्शल ल घोषणाको जिम्मेवारी लिने देशका पूर्व रक्षा मन्त्री किम योङ–ह्युनले मंगलबार राती हिरासतमै आत्महत्या गर्ने प्रयास गरेका थिए । उनलाई आइतबार पक्राउ गरिएको हो ।

अल्पकालीन मार्शल ल घोषणापछि राष्ट्रपति येओलका नजिकका धेरै अधिकारीहरूले पनि राजीनामा दिएका छन्। दक्षिण कोरिया अहिले राजनीतिक गतिरोधमा छ ।राष्ट्रपति येओलले गत हप्ता मंगलबार देशमा मार्शल ल(एक प्रकारको सैनिक शासन) को घोषणा गरेका थिए । तर व्यापक बिरोध भएपछि उनले मार्शल ल घोषणा फिर्ता लिएका थिए ।
 

प्रतिक्रिया