अमेरिकाले दियो रुसको जफत गरेको सम्पत्ति बाट युक्रेनलाई २० अर्ब डलर
एजेन्सी । अमेरिकाले युक्रेनलाई २० अर्ब डलर अर्थात १६ खर्ब ९७ अर्ब रुपैयाँको सहायता रकम दिएको छ ।
अमेरिकाले सहयोग रुसको जफत गरिएको सम्पत्ति बाट प्रदान गरेको हो । अमेरिकाले जफत गरेको सम्पत्ति बाट आर्थिक सहायताको अर्थ ’रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने’ जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो । जी–७ समूहका सदस्य राष्ट्रहरूले गत जुन महिनामा घोषणा गरे अनुसार अमेरिकाले सहयोग गरेको हो ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेको बेला अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो । ट्रम्पले युक्रेनलाई दिदै आएको सहायतालाई ‘अमेरिकी स्रोत माथिको बोझ’ भन्दै आएका छन् । ट्रम्पले आउँदो जनवरी २० देखि कार्यभार सम्हाल्ने छन् ।
प्रतिक्रिया