महानगर प्रमुख बालेनले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने

काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह बालेनले क्रिकेट रंगशाला निर्माणका लागि पहल गर्ने बताएका छन् । १६औँ संस्करणको एसिया कप क्रिकेटमा नेपालको प्रदर्शन हेरेपछि उनले सामाजिक सञ्जालमार्फत सरकारले काठमाडौं महानगर वा आसपासमा आवश्यक १ सय रोपनी जग्गा उपलब्ध गराएमा महानगर रंगशाला बनाउन पहल गर्ने बताएका हुन ।  प्रमुख शाहले पूर्वाधार निर्माण भए मात्र खेलको विकास हुनसक्ने उल्लेख गर्दै एकै खेलबाट करोडौं रकम आर्जन गर्न सकिने पनि बताएका छन् । उनले आगामी तीन वर्षभित्र सिकाइ सुविधाका लागि हरेक वडामा बलिङ नेट राख्ने निर्णय यसअघि नै गरिसेको पनि समेत स्मरण गराएका छन । रंगशाला र केही ठूला खेलहरू हुने हो भने खेल विकास हुने उनको भनाइ छ । नेपाली क्रिकेट प्रशंषकहरु विभिन्न देशबाट श्रीलंका पुगेको उल्लेख गर्दै उनले अनुमानित हिसाबका आधारमा त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड हुन सक्ने जनाएका छन् ।
उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । खेल भएको रंगशालामा ४०–५० जति भारतीय क्रिकेट समर्थक भएपनि नेपालीको संख्या १५ सयदेखि दुई हजारको बीचमा रहेको समेत बालेनले उल्लेख गरेका छन ।। 

प्रतिक्रिया