२१ वर्ष पछि बागलुङमा सडक स्तरोन्नति हुँदै
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षते बाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्ष पछि स्तरोन्नति थालिएको हो ।
काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेट बाट गत वर्ष देखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन । आर्थिक वर्ष २०८०/८१ मा पहिलो खण्ड अन्तर्गत सुलडाँडा– भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।
चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्क सम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनले बताए । यो सडकका निम्ति ५ करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाखले तेस्रो खण्ड अन्तर्गत पैराखर्क– शिवालय–पिपलथर –करलिम पनि चालु आर्थिक वर्षमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए ।
रासस
प्रतिक्रिया