मानवअधिकारको रक्षा गर्नु हामी सबैको दायित्व हो : प्रधानन्यायाधीश राउत
![](https://snowberry.prixacdn.net/media/gallery_folder/prakashman-sing-raut-1726493343-removebg-preview_KnoXgzGER7_vkreaglwnjyr8njzvcrhfubzqt2ikovfmfwqpzqlfyxyvcaz745lapuef8x3_yAdRji6KDv_bkosbedghe0hpqbm0akfhp76kmju6frpcpp2bryzdjxhezmqqtf93a2g53e9.png)
कास्की । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले लोकतन्त्रमा मानवअधिकारको संरक्षण गर्नु न्यायकर्मीको मात्र नभई सबैको दायित्व हुने बताएका छन् । नेपाल बार एसोसिएसनद्वारा आज मङगलबार पोखरामा आयोजित मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै उनले मानवअधिकारलाई कुनै भूगोल र सीमाले रोक्न नसक्ने बताए ।
वैयक्तिक स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका र मानवअधिकारप्रति न्यायपालिका सधैँ प्रतिबद्ध रहेको भन्दै प्रधान न्यायाधीश राउतले मानवअधिकारसम्बन्धी विश्वव्यापी मान्यतालाई पालना गर्दै अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखे । कानुन व्यवसायीको सहयोगबाट नै न्यायपालिकाको मुहार फेर्न सकिने भएकाले बार र बेञ्चको सम्बन्धलाई बलियो बनाउने पक्षमा आफू रहेको उनको भनाइ थियो ।
कानुन व्यवसायीले आफ्नो व्यावसायिकतालाई ध्यान दिन जरूरी र जनतालाई न्यायको पहुँचसम्म पुर्याउन कानुन व्यवसायीले निःशुल्क कानुनी सेवा सहायता दिने कार्यलाई तीव्रता दिनुपर्नेमा प्रधानन्यायाधीश राउतले जोड दिए । उनले सर्वोच्च अदालतमा दैनिक ८० भन्दा बढी मुद्दा पर्ने गरेका र अदालतमा हुने गलत क्रियाकलाप हटाउन गोलाप्रथाद्वारा न्यायाधीशलाई मुद्दा हेर्ने व्यवस्था गरिएको बताए ।
गण्डकी प्रदेशका ऊर्जा, खानी तथा जलस्रोतमन्त्री फणीन्द्र देवकोटाले जनताले सहज र सर्वसुलभ न्याय पाउने व्यवस्था र न्यायको अनुभूति हुने गरी न्यायपालिकाले न्यायसम्पादन गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रसँगै मानवअधिकारको संरक्षण गर्ने दायित्व सरकार र न्याय क्षेत्रका संस्थाको भएको उनले बताए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले लोकतन्त्रमा बोल्ने र न्यायका पक्षमा आवाज उठाउन अधिकार सबैलाई रहेको बताए ।
नेपाल बारका पूर्वअध्यक्ष हरिहर दाहालले न्यायाधीशमा राजनीतिक हस्तक्षेपका आधारमा नभई सक्षम व्यक्तिलाई नियुक्त गर्नुपर्नेमा जोड दिए । नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठले बारका अध्यक्षलाई लगाइएको अपहेलनाको मुद्दाले बारका सम्पूर्ण सदस्यको मनोबल गिरेको बताए । उक्त कार्यक्रमको सभापतित्व बारका वरिष्ठ उपाध्यक्ष बालकृष्ण देवकोटाले गरेका थिए ।
![इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/indonesia_Qxow9P4LcF_7xbags6x6ht7ajyjtvgohbfa70pdrdvw4bvj5bvt0ousn2dlk7f6qgdponil_BzXlHaRWoy_qjv3z9gtdeynqdimkumfmza1azjuuaor9sop5byfzx8izirfzaczzlrvoh6t.jpg)
इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते
![कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/view%2520(2)%2520(1)_W281XHqw8r_03txmamqdee2n4r65kizinmftq9mqijubi8aosxotesrqaymumtnvr54hmlf_H1YzGPnKHJ_jyj19p7i3mvsjfq7urbdklfcismif2ncvsiyctqopaxanbrol2luayv9fsek.jpg)
कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता
![भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Indian-Army-real-heros_rnlJKdjVl5_jnv8kbkmmizv0lr1vx80r9gt1spbesdoqxtekqz2jnedidfxhg8bjjx9y5fr_MDzncNCMtQ_ahjh8eyjtxwoa4beh5yfpdcngjbczbhxrrmhlnv501bzuc37hdv7tfhihzym.jpg)
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु
![राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_2009_i6SCPtxi49_avfvd6fxgxk8dafihs6lbjqztmhlididiqsiwohmos37pjbayznbeopziu8b_2lNueRwIFF_ul4no41zypeycgulntx90pdvzqzho0jbjtk7fxgjapffd1te1b7t4f9lfr9c.jpg)
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
![सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल](https://snowberry.prixacdn.net/media/gallery_folder/SA_Narayanghad-Prachanda_WPvARI6NSt_mkkagkxdeyrd2butsqzlqnsfttaylxk5il0utk8ey08my0byt9gawcv6a37s_9gjtHERCcz_arlqsqfykmjish4vnrdpag3g7k76ztl5fwsnldy5dtfquwpjwcupwfue3a2o.jpg)
सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल
![पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20250121_133125_Jzyu6yhe7D_pbaccnjuurvvpl8rtuqtyw9wtjtsroqqk9nwul8zklthmdc2i7v1rr02wbaw_vj7eOpHxEP_ee2wjkwccn6caebyb63fhh3xetlnwb2r9uvfbt0q6kyiuobf9vvf5y1v17by.jpg)
पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने
![प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट](https://snowberry.prixacdn.net/media/gallery_folder/pm%2520oli_xxXemO1OMM_udqwh7yyjhlvh2zdjf7tonpa8faqufrqodpki0xdetffnc7sxhqanaebrxqz_PCuNFR4l6Y_fg9sh1qebo2hajxz0oe4spobwflvb0zffzcaddrx5wb7gel3qivratfqi4kt.jpg)
प्रतिक्रिया