भारतमा राज्यसभाका अध्यक्ष बिरुद्ध अविश्वासको प्रस्ताव

एजेन्सी । भारतमा माथिल्लो सदन राज्यसभाका अध्यक्ष एवं सभामुख जगदीप धनखर बिरुद्ध बिपक्षीहरुले अविश्वास प्रस्ताव ल्याएका छन् । 

 विपक्षी दलहरु (इन्डिया गठबन्धन) आवद्ध गठबन्धनले धनखर बिरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । संसदमा चलिरहेको गतिरोधका बीच  विपक्षी दल राज्यसभाका अध्यक्ष धनखर विरुद्धमा उत्रिएका छन् ।

धनखरलाई पदबाट हटाउन विपक्षी  गठबन्धनले आज राज्यसभाका महासचिव समक्ष यससम्बन्धी प्रस्ताव पेस गरेका छन् । धनखरविरुद्ध अविश्वासको प्रस्तावमा ६० जना राज्य सभाका सदस्यले हस्ताक्षर गरेका भारतीय संचार माध्यमले जनाएका छन् । 

कांग्रेस नेता र राज्यसभा सांसद जयराम रमेशले सामाजिक संजालमा धनखर बिरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुको विकल्प नभएको बताएका छन् । “उनले भने, “यो भारतका दलहरूका लागि निकै पीडादायी निर्णय भएको छ, तर संसदीय लोकतन्त्रको हितमा यो अभूतपूर्व कदम चाल्नुपर्छ।

यो प्रस्ताव भर्खरै राज्यसभाका महासचिवलाई बुझाइएको छ।“जानकारी अनुसार विपक्षी दलहरुले संविधानको धारा ६७(ख) बमोजिम धनखरलाई पदबाट हटाउन माग गर्दै राज्यसभामा प्रस्ताव पेश गरेका छन् । बिपक्षीहरुले राज्य सभाका अध्यक्षका रुपमा धनखरको ब्यवहार  पक्षपातपूर्ण रहेकोले अविश्वास ल्याउनु परेको बताएका छन् । 
 

प्रतिक्रिया