बी.आर.आई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक

काठमाडौं । नेपाल–चीनबीच प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा हस्ताक्षर भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ । 

परराष्ट्र मन्त्रालयले मंगलबार वेबसाइट मार्फत (बीआरआई) सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको हो । 

बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

फ्रेमवर्क सम्झौतामा १० वटा परियोजनाहरुलाई समावेश गरिएका छन् । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमिकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र किमाथांका पुल तथा आईसपी परियोजना, चीन–नेपाल क्रस बोर्डर रेलवे परियोजना (नेपालतर्फ) र अमरगढी सिटी हल परियोजना रहेका छन् ।

त्यस्तै, जिलोङ–रसुवागढी चिलिमे २२० केभी क्रस बोर्डर पावर ट्रान्समिसन लाइन, मदन भण्डारी विश्वविद्यालाय, काठमाडौँ साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एन्ड एथ्लेटिक्स कम्प्लेक्स रहेका छन् ।

हेर्नुहोस् पूर्णपाठ:

प्रतिक्रिया