वीरगन्जमा घर पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणालीको सुरुवात

वीरगन्ज नगरपालिकाले नगरवासीका घर सहजै पहिचान गर्न वैज्ञानिक ठेगाना प्रणालीको सुरुवात गरेको छ । बढ्दो सहरीकरणसँगै घर सङ्ख्या बढ्दै गएकाले घर पहिचानमा सहज होस् भन्ने उद्देश्यले महानगरपालिकाले मेट्रिक ठेगाना प्रणालीको थालनी गरेको हो । वीरगन्ज १० आदर्शनगरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैंक रहेको भवनमा महानगरप्रमुख राजेशमान सिंहले नम्बरप्लेट टाँस गरी मेट्रिक ठेगाना प्रणाली सुरुवात गरेका हुन । नगरपालिकालाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख सिंहले बताए ।महानगरको आरयुडिपी प्रोजेक्टअन्तर्गत एडिबीको सहयोगमा यो प्रणाली सुरु गर्न लागिएको हो । गणकले आवश्यक तथ्यांक संकलन गरी त्यसका आधारमा मेट्रिक ठेगाना प्रणाली बनाउने गर्छन् । सडकको चोक तथा मिलनविन्दुदेखि कुनै निश्चित घरको दूरीका आधारमा घरको ठेगाना पत्ता लगाउन सकिने प्रणाली मेट्रिक ठेगाना प्रणाली हो ।  सोदूरीलाई आधार मानेर घरको नम्बर, टोल र बाटोको नाम उल्लेख गरी सोही आधारमा घर–घरमा नम्बरप्लेट राखिने छ । पहिलो चरणमा महानगरको वडा नं १ देखि १६ सम्म वैज्ञानिक ठेगाना प्रणाली सुरु गर्नेछ ।। 
 

प्रतिक्रिया