असोज १ देखि चाडबाड लक्षित बजार अनुगमन हुने

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १ देखि चाडबाड लक्षित अनुगमन गर्ने भएको छ । चाडबाडको मौका छोप्दै केही व्यवसायीले बढी मूल्य लिने, म्याद नाघेका सामान बेच्नेलगायत ठगीका घटना हुने भएकाले त्यसलाई रोक्न अनुगमन गर्न लागिएको हो । विभागका अनुसार यस वर्ष कम्तीमा १० टोलीबाट बजार अनुगमनको तयारी छ । विभागले बढी चहलपहल हुने क्षेत्र खाद्य, मिठाई, मासु, दूध, लत्ताकपडा, ड्राइफुड, राजमार्गका होटललगायत सबै क्षेत्रमा अनुगमन हुने जनाएको छरु। वाणिज्यले मूल्यसूची, लेबल, बढी मूल्य लिए नलिएको अनुगमन गर्ने जनाएको छ ।  खाद्यवस्तु र होटलमा पाइने खाद्यान्न, मिठाईको गुणस्तरका हकमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गर्दै आएको छ । चाडबाड लक्षित अनुगमन गत वर्ष पनि असोज १ बाट भएको थियोरु। कात्तिक मसान्तसम्म १ हजार ७७ वटा व्यावसायिक फर्ममा अनुगमन गरिएको वाणिज्यले जनाएको छरु। अनुगमनका क्रममा २ सय २९ व्यावसायिक फर्म कारबाहीमा परेका थिएरु। तिनबाट २९ लाख ६५ हजार जरिवाना असुल भएको थियोरु। ४० फर्मबाट ६ लाख २८ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको वाणिज्यले जनाएको छ।

प्रतिक्रिया