१३ वटा निर्माण कम्पनी कालो सूचीमा

सरकारले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको हो ।कार्यालयले आज निकालेको सार्वजनिक सूचनामा तीन वटा निर्माण कम्पनीलाई तीन वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालो सूचीमा परेकाहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । 

प्रतिक्रिया