मुम्बईको कुर्ला पश्चिममा ४ जनाको मृत्यु, २५ जना घाइते
मुम्बईको कुर्ला पश्चिम एसजी बर्वे रोडमा सोमबार राति बसले पैदलयात्री र सवारी साधनलाई ठक्कर दिँदा कम्तीमा ४ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
बस अंधेरी तर्फ जाँदै गर्दा कुर्ला पश्चिममा दुर्घटना भएको थियो । प्रहरी उपायुक्त गणेश गावडेले भने,“कुर्लामा बेस्ट बसले नियन्त्रण गुमाएर केही सवारीलाई ठक्कर दिएको छ । २५ जना घाइते भएका छन् भने ४ जनाको मृत्यु भएको छ । घाइतेको अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई नियन्त्रणमा लिइएको छ । अनुसन्धान चलिरहेको छ ।”
घाइतेहरूलाई कुर्लाको बी.एम.सी. द्वारा सञ्चालित भाभा अस्पताल र सायन अस्पता ललगायत नजिकका अस्पतालहरूमा लगिएको थियो । करिब २५ जना घाइतेलाई उपचारका लागि लगिएको भाभा अस्पतालका डा. पद्मश्री अहिरेले बताए । तीमध्ये २ जनाको मृत्यु भएको थियो भने १ जना घाइतेको उपचारका क्रममा मृत्यु भएको थियो ।
यसैबीच शिवसेना विधायक दिलीप लाण्डेले ब्रेक फेल भएर दुर्घटना भएको हो । बस चालकले नियन्त्रण गुमाएर ३०–३५ जनालाई ठक्कर दिँदा आत्तिएर बस चालकले एक्लेरेटर थिचेको उनले बताए ।
“कुर्ला स्टेसन बाट छुटेको बसको ब्रेक फेल भयो र चालकले बसको नियन्त्रण गुमाए । चालक डराए र ब्रेक थिच्नुको सट्टा एक्सेलेटर थिचे र बसको गति बढ्यो, चालकले बस नियन्त्रण गर्न सकेन ।”
घाइतेहरुको सायन अस्पताल, राजावाडी अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ,” लाण्डेले जानकारी दिए ।
रासस
प्रतिक्रिया