चरमपन्थीहरूको हातमा हतियार पर्न सक्ने भन्दै इजरायलद्वारा सिरियामा आक्रमण
एजेन्सी । इजरायलले सिरियामा रासायनिक हतियार भण्डारण रहेका स्थानमा आक्रमण गरेको छ ।
सिरियाली सञ्चारमाध्यमका अनुसार इजरायली लडाकु विमानहरूले राजधानी दमास्कस सहित देशभर कैयन हमला गरेका छन्।
बेलायतमा रहेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) ले सिरियाली सैन्य लक्ष्यमा सयभन्दा बढी आक्रमण भएको जनाएको छ ।
इजरायलले रासायनिक हतियार उत्पादनमा संदिग्ध मानिएका अनुसन्धान केन्द्र लक्षित धेरै ठाउँहरूमा आक्रमण गरेको बताइएको छ ।
इजरायलले बसर अल असद शासनको पतनपछि “चरमपन्थीहरूको हातमा“ हतियारहरू पर्नबाट रोक्नको लागि काम गरिरहेको दाबी गरेको छ ।
बिद्रोहीहरुले राजधानी दमास्कस नाटकीय रुपमा कब्जा गरेरपछि असद गत आइतबार रुसमा शरण लिन पुगेका छन् ।
प्रतिक्रिया