सिरियाका विभिन्न शहरमा रहेका कैदी बन्दीलाई उम्मुक्ति

एजेन्सी । सिरियामा इस्लामिक विद्रोही समुह हयात तहरीर अल सामले सिरिया माथि प्रभुत्व जमाए पछि सिरियाका विभिन्न शहरमा रहेका कैदी बन्दीहरुलाई उम्मुक्ति दिएको छ ।

वषौं देखि बिभिन्न कारागारमा रहेका राजनैतिक बन्दी र जघन्य अपराधमा दोषी ठहर भएका व्यक्तिहरुलाई समेत उन्मुक्ति दिइएको हो । यसअघि विश्वका कुनै पनि राष्ट्रमा विद्रोही समुहले सत्ता हत्याउँदा भने कारागारमा रहेका बन्दीहरुलाई उन्मुक्ति दिइएको थिएन । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विद्रोही समुहले सिरिया माथि सत्ता कब्जा गरेपछि सम्पुर्ण कारागारहरुको ढोका खोलेर कैदी बन्दीहरुलाई उन्मुक्ति दिएको बताइएको छ । कारागारको ढोका खोले पछि कारागारको सुरक्षार्थ खटिएका प्रहरीहरु पनि फिर्ता भएका छन् । 

कैदी बन्दीहरुमा अधिकांश अभिभावक कारागार चलान हुँदा उनीहरु सँगै कारागारमा रहेका बालबालिकाको संख्या अत्यधिक रहेको छ । 

प्रतिक्रिया