नेशनल प्याब्सन काठमाडौं सचिवमा राजन श्रेष्ठको दर्विलो उम्मेदवारी

राष्ट्रिय तथा निजी आवासीय विद्यालय एशोसिएसन नेपाल ‘नेशनल प्याब्सन’ काठमाडौं जिल्ला समितिको सचिवमा राजन श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । यही भदौ २७ गते हुने  काठमाडौं जिल्ला समितिको आठौं अधिवेशनमा शैक्षिक क्षेत्रको एक शसक्त युवा अभियान्ताको पहिचान बनाएका श्रेष्ठले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

श्रेष्ठले काठमाडौं जिल्ला समितिमा २ कार्यकाल कार्यसमिति सदस्य भएर काम गरिसकेका छन् । वर्तमान कार्यसमितिमा सचिवालय सदस्य तथा प्रचारप्रसार विभाग प्रमुख भएर काम गरिरहेका श्रेष्ठ यस अघिल्लो कार्यकालमा स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा थिए ।

विगतका जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेको अनुभवका आधारमा ‘नेशनल प्याब्सन’ लाई थप गतिदिने भावि योजनासमेत तय गरेर सचिवमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठ बताउँछन् ।

नेपालको शिक्षा क्षेत्रमा नयाँ आयाम दिन अग्रमोर्चामा खटिने श्रेष्ठ मनास्लु वर्ल्ड कलेजको प्रिन्सिपल हुन् । उनले अंग्रेजीमा एमफिल सकेर पिएचडी गर्दैछन् ।

विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय श्रेष्ठले नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा काम गर्दै आइरहेका छन् । उनी प्याब्सकको अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया