पर्सामा रवि लामिछाने सँग आज पनि बयान हुने

काडमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.)का सभापति रवि लामिछानेको आज (मंगलबार) बाट पर्सामा बयान हुने भएको छ । 

पर्साको वीरगञ्ज स्थित सानो पाइला सहकारी संस्थाको रकम गोरखा मिडियामा अपचलन गरेको आरोपमा बयान लिन रविलाई हवाइ मार्ग हुँदै पोखर बाट काठमाडौं हुँदै सोमबार पर्सा लगिएको हो । 

पर्सा स्थित जिल्ला सरकारी वकिलको कार्यालयले आज रवि सँग औपचारिक बयान लिन लागेको हो । यस अघि सोमबार पर्सा प्रहरीले प्रारम्भिक बयान लिएको छ । लामिछाने सहकारी ठगीमा अनुसन्धानका लागि गत कात्तिक २ गते काठमाडौं बाट पक्राउ परेका थिए । 

चितवन, रुपन्देही र काठमाडौं स्थित सरकारी वकिल कार्यालयमा रविको बयान लिने काम सम्पन्न भइसकेको छ । उनी माथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । 

गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई भने यस अघि नै पर्सा लगेर बयान लिसकेको छ । 

प्रतिक्रिया