फिलिपिन्स ज्वालामुखी विस्फोट

एजेन्सी । मध्य फिलिपिन्समा सोमबार ज्वालामुखी विस्फोट भएको छ । 

ज्वालामुखी विस्फोटका कारण आकाशमा व्यापक खरानी उडिरहेको छ । सरकारले आसपासका गाउँहरू बाट सुरक्षित स्थलमा जान स्थानीयहरूलाई आदेश जारी गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ज्वालामुखीको कारण दक्षिण पश्चिम क्षेत्रमा रहेको ला कास्टेलाना शहरका चार वटा उच्च पहाडी गाउँहरूमा ‘उद्धार कार्य’ जारी छ । सबै स्थानीय सरकारी एकाइहरूलाई ज्वालामुखी बिस्फोट भएको पहाड बाट छ किलोमिटरको क्षेत्र खाली गर्न अपिल गरिएको छ । 

नेग्रोसको टापुमा समुद्र सतह बाट ४ हजार ४०० मिटर भन्दा माथि उठेको कान्लाओन पहाड ज्वालामुखीका लागि फिलिपिन्सका २४ सक्रिय स्थान मध्ये एक एक रहेको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया