राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालविच शितल निवासमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहालले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन ।  राष्ट्रपति भवन शितलनिवासमा पुगेर प्रधानमन्त्री दाहालले भेट गरेका हुन । भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । साथै सो भेटघाटमा समसामयिक राजनीतिक र सरकारको कामकारवाहीका विषयमा पनि छलफल भएको थियो । प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० मा न्युयोर्क जाने लागेका छन् । प्रधानमन्त्रीको अमेरिका भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ । दाहाल अमेरिका भ्रमण सकेर उतैबाट चीन जाने कार्यतालिका छ ।

प्रतिक्रिया