बलात्कार गरेको आरोपमा बिर्तामोडका पूर्वमेयर पक्राउ

काठमाडौं । झापाको बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई बलात्कार आरोपमा झापा प्रहरीले सोमबार पक्राउ गरेको छ ।

काँकडभिट्टाबाट उद्धार गरिएकी बालिकाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । शिवाकोटीले ती बालिकालाई पढाउन विद्यालय पठाउने सर्तमा घरेलुकामदरका रूपमा राखेको बताइएको छ ।

बालिका भारतको आसाममा बस्ने आमालाई भेट्न जान लागेका बेला प्रहरी र आफन्त नेपालले उद्धार गरेका थिए । र बालिकाले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । 

प्रहरीले यो विषयमा अनुसन्धान भइरहेको जनाएको छ । शिवाकोटी २०७४ को चुनावमा एमालेको उम्मेदवार बनी मेयरमा निर्वाचित भएका थिए ।
 

प्रतिक्रिया