सङ्क्रमणकालीन न्याय संसदीय समितिवाट टुंगिन्छ: प्रधानमन्त्री दाहाल

सरोकारबालाका मुद्दा समेटने प्रतिबद्धता

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित प्रश्न लाई संसदीय समितिबाट समाधान हुने विश्वास प्रकट गरेका छन । आज काठमाडौंमा भएको कार्यक्रममा नयाँ संसद् प्रारम्भ भएपछि केही सुधारसहित विधेयक दर्ता भई अहिले संसदीय समितिमा विचाराधीन रहेको उल्लेख गर्दै सरोकारवालाहरूले उठाएका केही समस्याहरूलाई समितिले समाधान गर्ने उनले बताएका हुन । प्रधानमन्त्री दाहालले विगतमा भएका मानव अधिकार उल्लंघनका विषयलाई अझै सम्बोधन गर्न नसकेकोप्रति चिन्ता व्यक्त गरे  ।
प्रधानमन्त्री दाहालले संक्रमणकालीन न्यायको सन्दर्भमा संघर्षको प्रकृति, सन्दर्भ र लोकतन्त्रको स्थापनासँगै सामाजिक परिवर्तनमा खेलिएको भुमिकाबारे विचार गर्न आवश्यक रहेको स्पष्ट पारे । उनले सशस्त्र विद्रोहै कारण आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त भएको दाबी समेत गरे । कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको गुनासो गरे । 
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले शाीन्त प्रक्रियालाई टुंगोमा पु¥याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने स्पष्ट पारे । जतिसुकै जनआन्दोलन भएपनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने उनको भनाइ छ । 
 

प्रतिक्रिया