सर्लाहीका सहकारी पीडितहरु आन्दोलित, जिल्ला प्रशासन कार्यालयमा धर्ना
सर्लाहीका सहकारी पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन । सदरमुकाम मलंगवामा रहेको विधा बचत तथा ऋण सहकारी संस्थाले एकबर्षदेखि रकम फिर्ता नगरेको भन्दै पीडितहरुले प्रशासन गुहारेका हुन । बचत फिर्ता, सञ्चालकमाथि कारवाही, सम्पती रोक्का र संस्थाको अवस्थाबारे स्वेतपत्र जारी हुनुपर्ने सहकारीका सदस्यहरुको माग छ ।
पीडितहरुले २०७७ देखि २०८० सम्म सञ्चालकले संस्थावाट लिएको ऋण सार्वजनिक गर्नुपर्ने लगायतमा माग सम्बोधन नगरे थप आन्दोलनको चेतावनी दिएका छन । पीडितको माग सुनेपछि जनप्रतिनिधिहरुले पनि समस्या समाधानको पहल गर्ने आश्वासन दिएका छन ।
सहकारीको बचत हिनामिना गरेको आरोपमा सहकारीका चारजना कर्मचारी थुनामा रहेका छन । सहकारी अपचलनको आरोपमा सुविधाका प्रबन्धक दीपकलाल अमात्य, खजाञ्ची निर्मल श्रेष्ठसहित अन्य दुई जना कर्मचारीहरु उमेश अधिकारी र कामेश्वर सिंह थुनामा रहेका हुन । अध्यक्ष ईश्वर गुप्ता भने फरार छन । सहकारीका सञ्चालकमाथि बचतकर्ताहरुको करिब २४ करोड रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।
प्रतिक्रिया