सिरियामा नाटकीय रुपमा असदको पतन, रुसलाई ठूलो धक्का
एजेनसी । सिरियामा राष्ट्रपति बसर अल असदको पतनले रुसलाई ठूलो धक्का लागेको छ ।
रुसको सैन्य शक्तिको सहयोगमा एक दशक सिरियामा असद सत्तामा थिए । तर पछिल्लो २४ घण्टामा सिररियामा जे भयो, त्यो अचम्मको छ । यस्तो कसैले सोचेकै थिएनन् ।
सन् २००० मा आफ्ना पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असद सत्तामा आएदेखि नै उनको सत्ताविरूद्ध सिरियाली जनता आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला देखि अहिलेसम्म आइपुग्दा असद सत्ताको दमनका कारण ५ लाख सिररियाली नागरिकको ज्यान गइसकेको छ । तर हिजो आइतबार सिरियालाई बिद्रोहीहरुले कब्जामा लिएपछि बसर अल असद भागेर रुस पुगेका छन् । योसँगै असदको शासन पतन भएको बताइएको छ छ । रुसले असद र उनको परिवारलाई मानवीय आधारमा शरण दिएको बताएको छ ।
केही दिनमै, रुसको सिरिया परियोजना एक नाटकीय घटनामा ध्वस्त भएको छ। रुस आफनो शक्तिलाई सिरियामा जोगाइ राख्न असफल साबित भएको छ। जम्मा २–४ दिनमै सिरियामा बसर अल असदको शासन ढल्यो ।
रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सिरियामा भएका नाटकीय घटनाक्रमको निगरानी गरिरहेको जनाएको छ । सन् २०१५ मा रुसले असदलाई सहयोग गर्न हजारौं सैनिक सिरिया पठाएको थियो । त्यहाँ आन्दोलनरत बिपक्षीलाई दबाउन रुसले असदलाई सहयोग गर्दै सेना पठाएको थियो । यसमा रुसको मुख्य उद्देश्य आफूलाई विश्व शक्तिका रूपमा प्रस्तुत गर्नु थियो।
सोभियत युग पछि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पश्चिमी देशहरूको शक्तिलाई चुनौती दिने पहिलो ठूलो प्रयास थियो। यो प्रयास केही सफल भएको देखिन्छ।सन् २०१७ मा राष्ट्रपति पुटिनले सिरियाको हमिम एयर बेसको भ्रमण गरेर आफ्नो मिसनमा सफल भएको बताएका थिए ।
त्यतिबेला रुसी हवाई हमलामा सर्वसाधारणको मृत्यु भएको खबर आए पनि रुसी रक्षा मन्त्रालयले आफ्नो सैन्य शक्ति देखाउन विदेशी मिडियालाई सिरियामा लैजाने गरेको थियो । सैन्य सहयोगको बदलामा सिरियाले रुसलाई हमिम विमानस्थल र टार्टस नौसैनिक आधार ४९ वर्षको लागि भाडामा दिएको थियो ।रुसले भूमध्यसागरीय क्षेत्रमा आफ्नो स्थान कायम गरेको थियो । यी दुबै आधारहरू अफ्रिकामा प्रदान गरिएका सैन्य अनुबंधहरूको लागि महत्त्वपूर्ण भए ।
अब रुसको लागि ठूलो प्रश्न खडा भएको छ । अब यी आधारहरूको के हुनेछ?जसमा रुसले असद मस्को आएको बताएको छ भने रुसले सिरियाको सशस्त्र विपक्षीसँग पनि सम्पर्कमा रहेको उल्लेख गरेको छ ।
रुसी सरकारी टिभीले सिरियाका विपक्षी नेताहरूले त्यहाँ रसियाको सैन्य अड्डा र कूटनीतिक नियोगको सुरक्षाको ग्यारेन्टी गरेको बताएको छ। रुसी परराष्ट्र मन्त्रालयले सिरियामा रहेका आफ्ना अड्डाहरूलाई अहिले उच्च सतर्कतामा राखिएको जनाएको छ ।मन्त्रालयले अहिले उनीहरुलाई कुनै गम्भीर खतरा नरहेको दाबी गरेको छ ।बसर अल असद सिरियामा रुसको सबैभन्दा ठूलो समर्थक थिए।
रूसले उनलाई धेरै विश्वास गर्यो।मस्कोका अधिकारीहरूले असदको सत्ताच्युतलाई आफ्नो विदेश नीति असफल भएको मानेका छन् ।
आइतबार राति, रुसी सरकारी टिभीले आफ्नो साप्ताहिक कार्यक्रममा सिरियाली सेनालाई लक्षित गर्दै विद्रोहीविरुद्ध लड्न नसकेको आरोप लगाएको थियो। सिरियाली अधिकारीहरूको लागि स्थिति नाटकीय बनिरहेको छ। तर सिरियाली सहर एलेप्पोमा युद्ध बिना मैदान छोडियो।
धेरै सुदृढ सैन्य शक्ति भएको अवस्थामा सिरियाली सेना बिद्रोहसिँग पछि हट्नु रुसका लागि ठूलो झट्का भएको रुसी बिश्लेषकहरुको भनाई छ । बिश्लेषकहरुले यसलाई एउटा रहस्य मानेका छन् । यो रूसी जनताको लागि स्पष्ट सन्देश भएको उनीहरु बताउँछन् । रुसले बसर अल–असदलाई सत्तामा राख्नका लागि धेरै सहयोग खन्यायो। तर दमनकारी असद सत्ता छोडेर रुस भागे ।
प्रतिक्रिया