अनुचित लेनदेन मुद्दामा मिटरब्याजी कारागार चलान

जिल्ला अदालत सिरहाले अनुचित लेनदेन मिटरब्याज कारोबारको आरोप पक्राउ परेका एक जनालाई पूर्पक्षका लागि कारागार पठाएको छ । सिरहाको मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता कुमारी साहलाई अनुचित लेनदेन मुद्दामा जिल्ला अदालत सिरहाले पूर्पक्षका लागि कारागार पठाएको हो । मिर्चैया नगरपालिका–६ की ममता देवी रायको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाले अनुचित लेनदेन सम्बन्धि मुद्दा जिल्ला अदालत सिरहामा दर्ता गराएको थियो । मुलुकी फैजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार पुर्पक्षको लागि कारागार पठाउन आदेश दिएको जिल्ला अदालत सिरहाले जनाएको छ । 
साहमाथि जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहामा विभिन्न व्यक्तिले ९ वटा जाहेरी दर्ता गराएका छन् । सोही जाहेरीको आधारमा प्रहरीले अनुसंधानको क्रममा साहलाई पक्राउ गरी मुद्दा अगाडी बढाएको थियो । उनले मौखिक रुपमा वार्षिक ३६ प्रतिशत ब्याजदरमा र कपाली तमसुकमा वार्षिक १० प्रतिशत ब्याजदरमा ऋण लगानी गर्दै आएकी थिइन् । 

प्रतिक्रिया