नब निर्बाचित अमेरिकी राष्ट्रपति ट्रम्प फ्रान्समा
एजेन्सी । नब निर्बाचित अमेरिकी राष्ट्रपति दोनाल्ड ट्रम्प आफूले कार्यभार न सम्हाल्दै फ्रान्सको राजधानी पेरिस पुगेर युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीसँग भेट गरेका छन् ।
आफूले सत्ता सम्हालेको २४ घण्टा भित्र रुस र युक्रेन युद्द रोक्ने दाबी गरेका ट्रम्पले जेलेन्सकीलाई भेटेका हुन् । ट्रम्पको यो पेरिस भ्रमण र जेलेन्स्की सँगको भेटवार्ता विश्वका नेता, राष्ट्र प्रमुख, सरकार प्रमुखहरु सँगको ट्रम्पको भेटघाटलाई संसारभर महत्वका साथ हेरिएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले सिरियामा बसर अल असदको पतन पछि अब एकातिर सिरिया अत्यन्त जोखिमको अवस्थामा रहेको बताउँदै आएका छन् । अर्कोतिर उनले सबै मिलेर काम गरे ऐतिहासिक अवसर हुने पनि बताएका छन । उता नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सिरियाको युद्धबाट अब अमेरिका बाहिरिनु उपयुक्त हुने बताएका छन् ।
प्रतिक्रिया