भेप,  ब्रेक सु, सेभर मा लुकाएर सुन तस्करी गर्ने सबै गिरोह एउटै रहेको खुलासा

विद्युतीय चुरोट भेप, सवारीसाधनका ब्रेक सु, इलेक्ट्रिक सेभरलगायतमा लुकाएर छुट्टाछुट्टै सुन तस्करी गरेका दुवै गिरोह एउटै समूहका रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छरु। भेपमार्फत सुन तस्करी गरेका मुख्य नाइके दावाजिन वाङ र ब्रेक सुमार्फत तस्करी गरेका नाइके दावा छिरिङबीच पटक–पटक सम्पर्क हुने गरेको फेला परेको होरु। दावाजिन र दावा छिरिङले भेपको आवरणमा २०७९ पुस १० मा दुबईबाट ९ केजी सुन र ब्रेक सुमा लुकाएर २०८० असार २९ मा हङकङबाट करिब ६१ केजी सुन भित्र्याएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको अनुसन्धानले देखाएको हो । दावाजिन हाल फरार छन भने दावा छिरिङ सीआईबीको नियन्त्रणमा छन् । पक्राउ परेका तस्करका केही सहयोगीले पैसाको प्रलोभनमा परेर आफूहरूले काम गरेको बयान दिएका छन । चीन, हङकङ र दुबईमा रहेका तस्करले विद्युतीयसँगै अन्य उपकरणमा जडान गरेर अवैध सुन ल्याउने गरेको पाइएपछि दुवैमाथि सीआईबीले अनुसन्धान गरिरहेको छरु। ब्रेक सुको आवरणमा ल्याएको सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका २ अधिकृत, तस्कर, भरिया र भन्सार एजेन्टसहित २६ जना पक्राउ परेका छन । जसमा ९ जना विदेशी नागरिक छन ।। 

प्रतिक्रिया