सिरियाका अपदस्थ राष्ट्रपति असद परिवारसहित मस्कोमा

सरकारको पतनलाई पश्चिमा देशद्वारा स्वागत

एजेन्सी। सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असद परिवारसहित रुसको राजधानी मस्को पुगेका छन । रुसले असदसहित परिवारलाई शरण दिएको रुसी  सञ्चार माध्यमले दाबी गरेको हो ।विद्रोहीले हिजो सिरियाको राजधानी दमास्कस नियन्त्रणमा लिए लगत्तै राष्ट्रपति बसर अल असद देश छोडेर भागेको हुन मस्को पुगेका असद र उनको परिवारलाई राजनीतिक शरण दिइएको खबरमा उल्लेख छ । रुसले सिरियाली नागरिकको हित र रुससँगको द्विदेशीय सम्बन्ध विकासका लागि वार्ता आवश्यक रहेको बताएको छ । यस्तै रुसले पछिल्लो सिरिया सङ्कटमा विद्रोही नेताहरुसँग वार्ता र संवादमार्फत राजनीतिक समाधानको खोजी गर्नसमेत आह्वान गरेको छ । यसैबीच सिरियामा बसर अल–असद सरकारको पतनलाई पश्चिमी देशहरूले स्वागत गरेका छन् । फ्रान्स, बेलायत र जर्मनीले असदको सत्ताच्युतको स्वागत गरेका हुन् ।इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सिरियाको सत्ताबाट बसर अल–असदको पतनलाई मध्यपूर्व क्षेत्रका लागि ऐतिहासिक दिनको रूपमा व्याख्या गर्दै केही खतराको आशङ्का पनि व्यक्त गरेका छन । यसैविच सिरियामा विद्राहीले सत्ता कब्जा गरेपछि अब के हुन्छ भन्ने अन्योल सृजना भएको छ । इरान र इराकका दूतावासमा आक्रमण भएका छन् । सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले देशमा स्वतन्त्र चुनाव गराउनुपर्ने बताएका छन । सिरियाका नागरिकले मतबाट नेता छान्न पाउनुपर्ने बताएका हुन ।। 

प्रतिक्रिया