युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा रक्षामन्त्री रेज्निकोभलाई बर्खास्त

रुस्टेम उमरोभलाई दिइयो जिम्मेबारी

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रक्षामन्त्री ओलेक्सी रेज्निकोभलाई पदबाट बर्खास्त गरेका छन । रेज्निकोभले फेब्रुअरी २०२२ मा रूसको पूर्ण आक्रमण सुरु हुनु अघिदेखि नै मन्त्रालयको नेतृत्व गर्दै आएका थिए ।राष्ट्रपति जेलेन्स्कीले उनलाई हटाउँदै रक्षा मन्त्रालयमा नयाँ दृष्टिकोणको लागी समय आएको बताएका हुन । युक्रेनको राज्य सम्पत्ति कोष चलाउने रुस्टेम उमरोभलाई जेलेन्स्कीले रेज्निकोभको उत्तराधिकारीको रूपमा नियुक्त गरेका छन । तर उनको बर्खास्ती केही समयको लागि अनुमान गरिएको छ । जेलेन्स्कीले उनलाई अर्को परियोजनामा रुरुकाम गर्ने मौका दिए भने उनी सहमत हुने अनुमान गरिएको छ । युक्रेनी मिडियाले रेज्निकोभ बेलायतका लागि युक्रेनको राजदूत बन्ने जनाएका छन । उनको बर्खास्ती जेलेन्स्कीको प्रशासनमा भ्रष्टाचार विरोधी व्यापक अभियानको बीचमा आएको छ । रेज्निकोभलाई व्यक्तिगत रूपमा भ्रष्टाचारको आरोप लागेको छैन ।  तर युक्रेनमा सेनाका लागि सामान र उपकरणहरूको खरिदमा धेरै घोटालाहरू भएको आरोप लाग्दै आएको छ । ५७ वर्षीय रेज्निकोभ युक्रेनमा युद्ध सुरु भएदेखि नै चर्चित छन । उनले युक्रेनका पश्चिमी सहयोगीहरूसँग नियमित रूपमा बैठक गर्नुका साथै थप सैन्य उपकरणहरूको लागि लबिङमा महत्पूर्ण भूमिका खेलेका छन । 
 

प्रतिक्रिया