सिरियाली विद्रोही समूह द्वारा होम्स शहर पूर्ण कब्जा

एजेन्सी । सिरियामा विद्रोहीहरुले केही वर्षयताकै भयानक आक्रमण शुुरु गरेका छन् । सिरियाका विद्रोही समूह राजधानी दमास्कस कब्जा गर्ने उद्देश्यले उत्तर र दक्षिण तर्फ बाट अगाडि बढेका छन् । 

विद्रोहीको आक्रमण तीव्र भएपछि राष्ट्रपति असदले राजधानी छाडेको हल्ला समेत चलेको थियो । तर, असदको कार्यालयले त्यसलाई खण्डन गरेको छ । उता सिरियाको विद्रोही समूहले देशको तेस्रो सबै भन्दा ठूलो शहर होम्स पनि कब्जा गरेको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इस्लामिक विद्रोही समूहका नेता गोलानीले होम्स शहर पूर्ण नियन्त्रणमा रहेको र यो ऐतिहासिक क्षण भएको बताएका छन् । विद्रोही समूहले यस अघि ठूलो शहर अलेप्पो र हामा कव्जा गरिसकेको छ । 

होम्स शहर बिद्रोहीको कब्जामा परे सँगै सिरियाको राजधानी दमास्कसले धेरै शहरहरू सँग सम्पर्क गुमाएको छ । विद्रोही समूहले होम्स सैन्य जेल बाट ३५ सय भन्दा बढी कैदीलाई रिहा गरेको जनाएको छ । कैदीबन्दीलाई मानव ढालका रूपमा प्रयोग हुन सक्ने जोखिम देखेर सरकारी सेनाले कारागारको ढोका खोलेको बताइएको छ । 

लेबनानमा केही समय अघि मात्रै युद्धविराम घोषित भए सँगै इजरायली आक्रणम बन्द भएको छ । छिमेकमा युद्ध भएकै मौकामा इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जा गर्ने प्रयास गरेको छ । यसै बीच इजरायलले सिरियाले विद्रोहीहरुको आक्रमण विफल बनाउन सैन्य सहयोग गरेको जनाएको छ । 

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सिरियामा विद्रोहीहरु बाट भइरहेको पछिल्लो आक्रमणमा आफूहरुको कुनै सरोकार नभएको बताएका छन् ।

प्रतिक्रिया