प्रधानमन्त्री ओली आज झापा जाँदै

काठमाडौं । दमकमा निर्माण गरिएको बहुपयोगी १८ तले भवन आज (आइतबार)उद्घाटन हुँदैछ । 

दमक नगरपालिका–३ दापगाछीमा १ अर्ब ४५ करोडको लागतमा निर्मित भवनको प्रधानमन्त्री के.पी. शर्मा ओलीले आज उदघाटन गर्ने भएका हुन् । उक्त उदघाटन कार्यक्रमका लागि प्रधानमन्त्री ओली झापा जान लागेका हुन् । 

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेड.सि.जी.आइ.आइ.सी. र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् । सरकारले विकास समिति मार्फत भवन सञ्चालनको तयारी गरेको छ ।

व्यापारिक प्रयोजनका निम्ति भवन उपयुक्त रहेको बताइएको छ । प्रधानमन्त्री ओलीले नै पाँच वर्ष अघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

यसै बीच, प्रधानमन्त्री ओलीले मेचीनगर–४ बाहुनडाँगी स्थित मानव आश्रम भवनको आज नै उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया