दक्षिण कोरियाका राष्ट्रपति यून विरूद्धको महाभियोग प्रस्ताव असफल
एजेन्सी । दक्षिण कोरियाली राष्ट्रपति युन सुक येओल विरुद्धको महाभियोग प्रस्ताव असफल भएको छ ।
दक्षिण कोरियाली संसदमा शनिबार भएको मतदानमा दुई तिहाइ समर्थन जुट्न नसक्दा प्रस्ताव अस्वीकृत भएको हो । संसदमा कुल ३ सय सांसद मध्ये १ सय ९५ सांसदले मात्र राष्ट्रपति युन विरुद्धको महाभियोग प्रस्तावको पक्षमा मत दिएका छन् । कुल सदस्यको दुई तिहाइ बहुमत पुग्न नसक्दा महाभियोग प्रस्ताव पारित नभएको सभामुख वु वोन–सिकले घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार संसद्रुमा भएको मतदान युनको दल पिपुल्स पावर पार्टी (पी.पी.पी.) का सांसदहरूले बहिष्कार गरेका थिए । पी.पी.पी.का १ सय ८ सांसद छन् । राष्ट्रपति युनले गत मंगलबार राति अप्रत्याशित रूपमा संकटकालीन ‘मार्सल ल’ लागू गरेका थिए । तर उनले घोषणा गरेको सैनिक शासन केही घण्टामा नै त्यहाँको संसद्ले उल्ट्याइदिएको थियो । त्यसपछि विपक्षी दलका सांसदहरूले युन विरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका थिए ।
राष्ट्रपति युनले ’मार्सल ल’ लागू गरेकामा शुक्रबार माफी माग्दै पुनः यस्तो कदम नचाल्ने वाचा गरेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया