बेनी–पुलाचौर सडक कालोपत्र
म्याग्दी । बेनी–पुलाचौर पाँच किलोमिटर सडक ८२ लाखको लागतमा पक्की बनाइएको छ । बेनी– अर्थुङ्गे–बाँसबोट सम्म पाँच किलोमिटर खण्डमा कालोपत्र र ढलान भएको हो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार यो सडक स्तरोन्नतिका लागि १ करोड ८० लाख विनियोजन भएको थियो । बाँसबोटमा ३ सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र र एक सय मिटर ढलान भएको छ । एकपाटे, अबेचौर र पुरुण्डी क्षेत्रमा चार सय मिटर ढलान र बेनीको हुलाकचोक देखि सङ्गमचोक सम्मको १ सय ३० मिटर सडक प्रिमिक्स कालोपत्र भएको छ ।
बेनी–पाखापानी सडक योजनामा विनियोजन भएको ३ करोड बजेट मध्ये १ करोड ५० लाखको लागतमा कुरिला खर्क र अर्थुङ्गेको घुम्तीमा स्तरोन्नति गरिने नगरप्रमुख केसीले बताए ।
रासस
प्रतिक्रिया