गलकोटका दुई सडक कालोपत्र गरिदै
बागलुङ । सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रम अन्तर्गत गलकोट नगरपालिका–२ को नरेठाँटी बाट दुदिलाभाटी सम्मको दुई किलोमिटर र वडा नम्बर ३ को हटिया बजारबाट कोटघर सम्मको एक किलोमिटर सडक स्तरोन्नति सहित कालोपत्र गर्न थालिएको हो ।
सडक सँगै सघन सहरी विकास तथा भवन निर्माण कार्यालयले चालु आर्थिक वर्षमा गलकोट–२ नरेठाँटीमा आधुनिक शौचालय, वडा नम्बर ५ मा सडक ढलान र वडा नम्बर ३ को कार्यालय निर्माण गरिरहेको छ । आयोजनाको सबै काम ७ करोड ६५ लाखमा सम्पन्न गरिने उक्त कार्यालयका इञ्जिनियर शङ्कर पोखरेलले बताए ।
हाल सम्म परियोजनाको १५ प्रतिशत काम पूरा भएको छ ।
रासस
प्रतिक्रिया