नेप्से परिसूचक २९ अंकले घट्यो, १ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार
शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८१ अंकले घटेर १ हजार ९ सय ६० दशमलव ७८ विन्दुमा झरेको हो । आज दुई सय ७६ वटा कम्पनीका ४० लाख ५३ हजार ३ सय ६८ कित्ता शेयर कारोबार भएका छन् । ३७ हजार ४१ पटक भएको कारोबारबाट १ अर्ब १८ करोड ६६ लाख रुपैयाँको शेयर खरिद बिक्री भयो । कारोबार रकमका आधारमा सोल्टी होटल, आईएमई लाइफ इन्स्योरेन्स, सिटी होटल, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंक क्रमशः अगाडि रहे । आज २ सय १२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन । आज जम्मा ८ कम्पनीको सेयर मूल्य बढेको छ । आज सेयर बजारको परिसूचक नेप्से र सबै उपसमूहका सूचक घटेका छन् बैंकिङ ११, विकास बैंक ५८, फाइनान्स २२, होटल तथा पर्यटन १ सय ७०, जलविद्युत् ४७, जीवन बीमा २ सय १९, उत्पादन ४९, माइक्रोफाइनान्स ६३, निर्जीवन बीमा २ सय १२, अन्य १९, व्यापार उपसमूह ३७ अंक घटेका छन । आज थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत र सिक्लेस हाइड्रोपावरको ५ प्रतिशत बढेको छ । त्यस्तै लिबर्टी इनर्जी र सिटी होटलको मूल्य भने १० प्रतिशत घटेको छ ।
प्रतिक्रिया