भारतद्वा्रा युरोपेली उपग्रह बोक्ने रकेट सफलतापूर्वक प्रक्षेपण

एजेन्सी । भारतको अन्तरिक्ष एजेन्सी र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार युरोपेली अन्तरिक्ष एजेन्सीको प्रोबा–३ उपग्रहहरू बोकेको पिएसएलभी–५९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

इसरो भारतको राष्ट्रिय अन्तरिक्ष निकाय हो । यो अन्तरिक्ष विभाग (डिओएस) को प्रमुख अनुसन्धान र विकास शाखा को रूपमा काम गर्दछ । एजेन्सीले स्याटेलाइट नेभिगेसन प्रणालीहरू सञ्चालन गर्दछ । हालसम्म यसले चन्द्रमामा तीनवटा र मंगल ग्रहमा एउटा मिशन पठाएको छ ।

उक्त प्रक्षेपण दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटा क्षेत्रमा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको हो ।

पिएसएलभी रकेटमा रहेको प्रोबा–३ मिसनका दुई उपग्रहहरू प्रक्षेपणको केही मिनेटपछि सफलतापूर्वक अलग भएका इसरोले सामाजिक सञ्जमालमा उल्लेख गरेको छ । रासस

प्रतिक्रिया