होम्स शहरमा विद्रोही छिरे पछि आफ्ना नागरिकलाई सिरिया छोड्न रुसको आग्रह

एजेन्सी । इस्लामिक विद्रोही समूह होम्स शहर छिरे सँगै रुसले आफ्ना नागरिकलाई सिरिया छोड्न आग्रह गरेको छ । 

इस्लामिक अतिवादी समूहले सिरियाको तेस्रो ठूलो शहर होम्समा कब्जा जमाउन लागेको खबर फैलिए सँगै रुसले त्यहाँ बाट आफ्ना नागरिकलाई देश छोड्न भनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विद्रोही समूहले बिहीबार मात्रै उत्तरको हमा शहर कब्जा गरेका थिए । गत साता मात्रै  इस्लामिक विद्रोहीले अलेप्पो माथि कब्जा जमाएका थिए । इस्लामिक अतिवादी समूह एच.टी.एस.का एक नेताले आफुहरुको लक्ष्य भनेकै राष्ट्रपति बसर अल असदको शासनलाई मिल्काउनु भएको बताएका छन् । 
.
सिरियाको सहयोगी रुसले आफ्ना नागरिकलाई देश छोड्न आग्रह गरे सँगै सिरियामा चलिरहेको गृहयुद्धले थप उग्र रुप लिने आँकलन गरिएको छ । बी.बी.सी.का अनुसार विद्रोहीहरुको गति दैनिक जसो आश्चर्यजनक हिसाबले बढ्दै गएको छ भने यो परिवेश असद शासनका लागि ठूलो चुनौति मानिएको छ । 

यसैबीच, सिरियामा युद्धका कारण एक सातामा २ लाख ८० हजार मानिस विस्थापित भएको राष्ट्रसंघले जनाएको छ । विश्व खाद्य कार्यक्रमका आपतकालीन समन्वय प्रमुख समर अब्देलजाबरले नोभेम्बर २७ देखि अहिले सम्म २ लाख ८० हजार  मानिस विस्थापित भएको जानकारी प्राप्त भएको समाचारमा उल्लेख छ । 

प्रतिक्रिया