एम. पक्सको प्रकोप बाट अफ्रिकामा मृत्यु हुनेको सङ्ख्या १२ सय पुग्यो
एजेन्सी । अफ्रिकामा चलिरहेको एम.पक्स प्रकोप बाट मृत्यु हुनेको सङ्ख्या १२ सय पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो वर्ष हाल सम्म ६२ हजार मानिरलाई संक्रमण पुष्टि भएको छ । अफ्रिकी युनियनको विशेष स्वास्थ्य सेवा एजेन्सीले गत हप्ता मात्र अफ्रिकी महाद्वीपमा २ हजार ७०८ नयाँ केसहरू फेला परेको जनाएको छ । जसमध्ये ५६५ जनामा संक्रमण भएको र ३६ जनाको मृत्यु भएको छ ।
एम.पक्स पहिलो पटक सन् १९५८ मा भेटिएको थियो । डब्ल्यूएचओका अनुसार एम.पक्स संक्रमित व्यक्तिको निकट सम्पर्कमा रहने व्यक्तिहरुलाई सर्दछ । संक्रमित व्यक्तिलाई छुँदा वा नजिकै गएर कुराकानी गर्दा स्वासप्रश्वासको माध्यम बाट पनि यो रोग सर्छ ।
दुर्लभ भाइरल रोगको रुपमा लिइने एमपक्सको संक्रमण देखिएमा शरीरभरी फोकाहरु आएर घाउ हुने, उच्च ज्वरो आउने र ज्यान जाने गर्दछ । शुरुवातमा फ्लुको जस्तो लक्षण देखिन्छ ।
प्रतिक्रिया