बर्दिया कारागारबाट एक जना कैदि फरार
बर्दियाको सदरमुकाम गुलरियामा रहेको बर्दिया कारागारबाट एक जना कैदि भागेका छन् । आज बिहान ३ बजेर २५ मिनेटमा कारागार भित्रको शौचालय माथिवाट हामफालेर जगन्य अपराध मुद्दामा ३० बर्ष सजाय भोगिरहेका २७ बर्षिय टोपे भन्ने आजिव बुढा क्षेत्री भागेका हुन । प्रहरीले समात्न खोज्दा कैदी कपडा र जुत्ता छाडेर भागेको बताइएको छ । कैदी भागेपछि कारागारमा सुरक्षा सतकर्ता बढाइएको छ । कारागारबाट फरार भएका कैदि बर्दिया स्थित ठाकुरबाबा नगरपालिका वडानम्बर—८ घर भएका हुन् । भागेका कैदीको खोजिकार्य तिब्र पारिएको बर्दिया प्रशासनले जानकारी गराएको छ । खोजि कार्यका लागि कुकुरको प्रयोग समेत गरिएको छ । छिमेकी जिल्ला लगाएत भारतीय सीमानाका हरुमा समेत जानकारी गराई खोजी कार्य भईरहेको छ । कारागारको भौतिक संरचना समेत सुरक्षित नभएका कारण कैदी भाग्न सफल भएको आँकलन गरिएको छ । कारागार क्षेत्र भन्दा बाहिर रहेको पर्खाल समेत निर्माण कार्य पुरानभएको कारण कैदि सहज रुपमा भाग्न सफल भएका हुन् । हाल बर्दिया कारागारमा पुरुष कैदिबन्दी ३सय २, पुरुष थुनुवा १ सय, महिला कैदि २२ र आश्रित गरि जम्मा ४ सय ५४ जना रहेका छन् ।।
प्रतिक्रिया