सपथ लिने क्रममा नवनिर्वाचित वडाध्यक्ष पक्राउ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Dhirendra-Kumar-Shah.-Saptari_xVHXgNUeFn_jwzztp7avuclt20iomyo5pck7bcgctybtt1eximt7ecjos56cp44mldzmwm8_SdMeuVH3U5_igknf430i50gb9hziqwjai3bcnmmucmzdrcjfcfxtc6yjpbtfaodzqkibwof.jpg)
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई सपथ लिने क्रममा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
नवनिर्वाचित वडाध्यक्ष पक्राउ पर्नुको कारण बलात्कार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको खुलेको छ । उनीविरुद्ध यिनै ३ वटा कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुई व्यक्तिको हत्यादेखि बलात्कार र अपहरण तथा बेपत्ताको कसुरमा समेत उनी जोडिएको प्रहरीको भनाइ छ ।
उनी विरुद्ध तीन वर्ष अघि २०७८ चैत १२ गते बलात्कार र कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा र २०८० जेठ १० गते अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानको कसुरमा इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीमा जाहेरी परेकोे थियो ।
उच्च अदालत जनकपुरको राजविराज इजलासबाट पनि २०८० चैत ४ गते परमादेश समेत जारी भइ उच्च सरकारी वकिलको कार्यालय राजविराजमार्फत इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०८१ साउन ६ गते उक्त परमादेश समेत आएको थियो ।
त्यसपछि साहको विरुद्ध अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको थियो । सोही अनुसार उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
![इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/indonesia_Qxow9P4LcF_7xbags6x6ht7ajyjtvgohbfa70pdrdvw4bvj5bvt0ousn2dlk7f6qgdponil_xdjkLVODhh_omjfnr6qorum9jkatg0nrjqdk1hu9dtqhdh5dhk6ebwzwyol26dfg1nagkpg.jpg)
इन्डोनेसियामा बाढी र पहिरोमा परी १६ जनाको मृत्यु, १० घाइते
![कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/view%2520(2)%2520(1)_W281XHqw8r_03txmamqdee2n4r65kizinmftq9mqijubi8aosxotesrqaymumtnvr54hmlf_wGfss7zFt1_wbj7ifhfhtplnvneachnisbhjbzicqyccrefxnpybvu9pfaobhvyf6sjesjp.jpg)
कोरिया सरकारका परराष्ट्रमन्त्रीका विशेष दूतद्वारा उच्चस्तरीय भेटवार्ता
![भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/Indian-Army-real-heros_rnlJKdjVl5_jnv8kbkmmizv0lr1vx80r9gt1spbesdoqxtekqz2jnedidfxhg8bjjx9y5fr_aVqKQPxgnW_gorvgijen5jtylgr0dgomykmb6dawivy0l6ktg3h2xn6kxso80dszmkd7z6v.jpg)
भारतीय सुरक्षा बलसँगको भिडन्तमा १४ जना माओवादीको मृत्यु
![राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_2009_i6SCPtxi49_avfvd6fxgxk8dafihs6lbjqztmhlididiqsiwohmos37pjbayznbeopziu8b_e08ZwRUsme_bhn9zp82ptcksvtovmybhj3kbesdibvpygzpymv4x8jybwjqr1pmyjsxwpht.jpg)
राष्ट्रिय ‘एआई’ नीति दीर्घकालीन र प्रभावकारी बनाउँछौँ : मन्त्री गुरूङ
![सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल](https://snowberry.prixacdn.net/media/gallery_folder/SA_Narayanghad-Prachanda_WPvARI6NSt_mkkagkxdeyrd2butsqzlqnsfttaylxk5il0utk8ey08my0byt9gawcv6a37s_NUQL3vqwW5_dsalifofkosx6par9aoubdrvgtr4utfq0kbvhhr9iw2sln16l1ojaosjnrss.jpg)
सरकार अप्राकृतिक छ, धेरै दिन टिक्दैन : अध्यक्ष दाहाल
![पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने](https://snowberry.prixacdn.net/media/gallery_folder/20250121_133125_Jzyu6yhe7D_pbaccnjuurvvpl8rtuqtyw9wtjtsroqqk9nwul8zklthmdc2i7v1rr02wbaw_hlHabqQsfo_co6ucugd7c6ba5ql9vmtbaqzs6lmgnxmymbftc0yckzeerk6dac6furuhdbj.jpg)
पाँचौँ ‘ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन’ नेपालमा हुने
![प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट](https://snowberry.prixacdn.net/media/gallery_folder/pm%2520oli_xxXemO1OMM_udqwh7yyjhlvh2zdjf7tonpa8faqufrqodpki0xdetffnc7sxhqanaebrxqz_PCuNFR4l6Y_fg9sh1qebo2hajxz0oe4spobwflvb0zffzcaddrx5wb7gel3qivratfqi4kt.jpg)
प्रतिक्रिया