पेप्सीकोलामा बसले तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चौध जना यात्रु घाइते
काठमाडौंको पेप्सीकोलामा बसले तीन वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले जिप‚ मोटरसाइकल र स्कुटरलाई एकैपटक ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । भट्टराईको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । बा.३ख ४८४८ नम्बरको बसले बिहान पौने आठ बजेको समयमा बा.६च ५३४२ नम्बरको बोलेरो जिप‚ बा.प्र. ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बा.प्र. ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बस चालक रामेछापको लिखु तामाकोशी–२ घर भई हाल पेप्सीकोला बस्ने २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया