सहकारी ठगी प्रकरणका १ जना आरोपी विदेश उड्नै लाग्दा पक्राउ

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न एक जनालाई विदेश उड्नै लाग्दा प्रहरीले पक्राउ गरेको छ ।

सूर्यदर्शन सहकारीका साधारण सदस्य पोखरा घर भएका कृष्ण गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको हो ।

उनलाई कतार जान लागेको अवस्थामा पक्राउ गरेर पोखरा लगिएको कास्की प्रहरीले जनाएको छ ।

उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया