रवि लामिछानेमाथि राज्यले प्रतिशोध नै साँधेको हो : बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले सहकारी ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई राज्यले प्रतिशोध नै साँधेको बताएका छन् ।
कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई शुक्रबार विहान कास्की पुगेर अध्यक्ष भट्टराईले भेट गरेका छन् । भेटघाट गरेर फर्कि सकेपछि अध्यक्ष भट्टराईले लामिछानेमाथि राज्यले प्रतिशोन नै साँधेको बताएका हुन् ।
उनले भने, ‘जुन किसिमले उहाँलाई एकपछि अर्को दुख दिने काम भएको छ, यो अल्लि अस्वाभाविक र अन्यायपूर्ण देखिन्छ । त्यसैले उहाँको अवस्थाबारे जानकारी लिऊँ भनेर भेटेको हो । उहाँले पनि आफूमाथि राजनीतिक प्रतिशोध नै भएको बताउनुभयो । घटनाक्रमले पनि त्यस्तै देखाउँछ ।’
सत्तारुढ दलकै नेताको वरिपरि सहकारीको रकम धेरै अपचलन भएको र बचतकर्ताको समस्या समाधान पनि नगर्ने र नयाँ शक्तिहरूलाई पनि तर्साउने काम भएको अध्यक्ष भट्टराईले बताए ।
प्रतिक्रिया