मकवानपुरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

हेटौंडा । मकवानपुरको झाँक्रीडाँडास्थित निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्ग फास्ट ट्र्याकमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

नदीजन्य पदार्थ ग्राभेल लोड गरेर फास्ट ट्र्याकतर्फ जाँदै गरेको ना ८ ख २४३० नम्बरको टिपर दुर्घटना हुँदा चालक चितवन घर भएका अन्दाजी ४० वर्षीय सानु लो तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आज बिहान सवा ८ बजेको समयमा टिपर सडकबाट करिब ३० मिटर तल खोल्सामा खसेको र चालक तामाङको टिपरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया