सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन

कास्की । पच्चीस मेगावाट क्षमताको सेती जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ । आयोजनाको ‘पावर प्लान्ट’ र ‘इन्टरकनेक्सन’ परीक्षण पछि ‘कमिसनिङ’ को काम पूरा भए सँगै व्यापारिक उत्पादन थालिएको हो ।  

आयोजना बाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह भइसकेको प्रवद्र्धक कम्पनीका कार्यकारी अध्यक्ष जगबहादुर पोखरेलले  बताए। आयोजना बाट उत्पादित  बिजुली माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोक स्थित प्राधिकरणको सबस्टेशनमा जोडिएको छ । आयोजनामा पाँच अर्ब बढी लगानी भएको छ । 

सार्दिखोलाको भराभरी स्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४ सय मिटर लामो भूमिगत पाइप मार्फत पानी ल्याएर १ सय ८७ मिटर उचाइ बाट चिन्तेबगरमा रहेको पावरहाउसमा त्यसलाई खसालेर विद्युत् उत्पादन गरिएको हो । आयोजना  जलप्रवाहमा आधारित छ । 
रासस 

प्रतिक्रिया