९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री

बागमती । हेटौँडा दूध वितरण आयोजनाले चालु आर्थिक वर्षको चार महिनामा ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २ करोड ४० लाखले बढी हो । 

कार्यालय प्रमुख राजीव खनालका अनुसार आर्थिक वर्ष  २०८१/८२ को साउन देखि कात्तिक सम्ममा ९ करोड ५२ लाखको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको छ ।  आर्थिक वर्ष २०८०/८१ को अवधिमा ७ करोड १२ मूल्य बराबरको दूध तथा दुग्धजन्य पदार्थ बिक्री भएको थियो । 

बजारको माग भन्दा दूध तथा दुग्धजन्य पदार्थको उत्पादन बढी भएकाले आयोजना कार्यालयलाई भण्डारणमा समस्या भएको छ । दूध खरिद गरे अनुसारको बजारमा दुग्धजन्य पदाथए बिक्री नहुँदा किसानलाई चार महिना देखि दूधको भुक्तानी दिन नसकेको उनले बताए । कार्यालयले मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाहीका किसान बाट दूध खरिद गर्दै आएको छ । 
रासस 

प्रतिक्रिया