युक्रेन द्वारा सैनिक भर्ना उमेर घटाउने अमेरिकी आह्वान अस्वीकार
एजेन्सी । युक्रेनले रूस सँगको युद्धका लागि सैनिक भर्ना उमेर घटाउने महत्वपूर्ण सहयोगी अमेरिकाको आह्वान अस्वीकार गर्ने निर्णय गरेको छ ।
फ्रन्टलाइनमा जनशक्तिको अभावलाई कम गर्न वासिङ्टनले किभलाई वर्तमान २५ को सट्टा १८ वर्षको उमेर बाट पुरुषहरूलाई भर्ना गर्ने विचार गर्न दबाब दिए पनि त्यसलाई उसले अस्वीकार गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माधयमका अनुसार निवर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले नोभेम्बरमा युक्रेनले ‘अस्तित्वगत’ भर्ती संकटको सामना गरिरहेको बताएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यो वर्ष पुरुषहरूलाई २७ बाट २५ पुर्याएका थिए ।
अझै उमेर घटाउने अनुरोधलाई उनले अस्वीकार गरिरहेका छन् । उनले पश्चिमलाई रुसी आक्रमण विरुद्ध रक्षा गर्न अझ बढी र राम्रो हतियार दिन दबाब दिदै आएका छन् ।
प्रतिक्रिया