ऊर्जा मन्त्री खड्का द्वारा जमुनी सिँचाइ आयोजनाको स्थलगत निरीक्षण

बारा । ऊर्जा तथा सिँचाइ मन्त्री दीपक खड्काले जमुनी सिँचाइ आयोजनाको आज स्थलगत निरीक्षण गरेका छन् । 

गढीमाई मन्दिरमा दर्शनका लागि बारा पुगेका  ऊर्जा  मन्त्री खड्का मन्दिर दर्शनपश्चात जमुनी सिँचाइ आयोजनाको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री खड्काले पचरौता नगरपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका तथा छिमेकी जिल्ला रौतहटको सिँचाइ समस्या समाधानका लागि आदर्श कोतवाल गाउँपालिका–८ ददरङ्गवास्थित सिँचाइ आयोजना अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले तत्काल ठेक्का प्रक्रिया अगाडि बढाउन सम्बन्धित अधिकारीलाई निर्देशन दिँदै कामको थालनीका लागि आवश्यक सहयोग गर्ने बताए । 

सिँचाइ बाट बारा र रौतहटका नौ हजार पाँच सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य लिएको पर्साको वीरगञ्ज स्थित नारायणी सिँचाइ कार्यालयले जनाएको छ । विसं २०७२ माघ देखि आयोजनाको काम शुरू भएको थियो । २२ करोड ४० लाख ५१ हजार एक सय ४५ लागतमा निर्माण शुरू भएको हो ।

जमुनी सिँचाइ आयोजनामा कुल लागत एक अर्ब छ । जसमा  ७० करोड बराबरको काम सम्पन्न भइसकेको र  ३० करोड काम बाँकी छ । अर्थ मन्त्रालय बाट रकमको स्रोत सहमति हुने बित्तिकै बोलपत्र प्रक्रिया हुनेछ र बाँकी कामलाई बोलपत्र मार्फत तुरून्तै शुरू गर्ने मन्त्री खड्काले बताए । 
रासस 

प्रतिक्रिया