सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगर रत्नम विजयी

काठमाडौं । सिङ्गापुरको राष्ट्रपतिमा पूर्व वरिष्ठ मन्त्री थर्मन शान्मुगर रत्नम विजयी भएका छन् ।  कुल मतको ७० दशमलव ४ प्रतिशत मत ल्याएर थर्मन सिङ्गापुरको नवौँ राष्ट्रपतिमा निर्वाचित भएको  बीबीसीले जनाएको छ । उनका प्रतिस्पर्धी एनजी कोक सङले १५ दशमलव ७२ र  र तान किन लियानले १३ दशमलव ८८ प्रतिशत मत प्राप्त गरेका निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रपति चुनावमा २० लाख ४८ हजार सिङ्गापुरवासीले मतदान गरेका थिए । नवनिर्वाचित थर्मनलाई सहरी क्षेत्रको विज्ञ र बौद्धिक नेताका रुपमा सिङ्गापुरवासीले सम्मान गर्ने गरेका छन् । उनले यसअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्री, अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफको प्रमुख जस्ता पद प्राप्त गरिसकेका छन् । थर्मनले केही महिनाअघि मात्रै सत्तारुढ पिपुल्स एक्सन पार्टी पीएडी छाड्ेका थिए ।

प्रतिक्रिया